हामी बिलासिता का साधन हरु मा रमाउन लागेको यो २१ सौ सताब्दिमा आफ्नो बिदेश बसाइ को अनुभब मा सबारी साधन ले हामीलाई दिने फाईदा र बेफाईदा को अनुभब को जानकारी गराउदै छु । २० बर्ष को मेरो यो अनुभब मैले शेयर् गर्नु को कारण ! मलाई मेरो देश का मानिस ले पनि धेरै बर्ष बाँच्न सकुन स्वोस्थ रहुन हाम्रो देश को बातावरण जती कम प्रदुसित् हुन्छ हामी त्यती नै बढी बाँच्न सक्छौ भन्ने कुरामा जोड दिने सोच हो ।
हाम्रो शरीर लाई जती चलायमान बनाउन सक्छौ त्यती निरोगी बन्न सक्छौ । यो मेरो अनुभब र पेरिस मा गरियको अनुसन्धान ले देखायको छ । आजकाल यहाँ मानिस हरु ब्यक्तिगत सबारी साधन कार लाई रोगी साधन को रुपमा लिन्छन । यस्ले मानिस को स्वास्थ्य त बिगार्छ नै त्यो भन्दा बढी बातावरण प्रदुसित् गर्छ । यो अब यहाँ का सिच्छित मानिस लाई ज्ञान भैसकेको छ ।
त्यसैले उनिहरु को घर मा कार भय पनि साइकल र पैदल् यात्रा गर्दा पुगिने ठाउँ मा समय छ भने कार प्रयोग गर्दैनन । यहाका मान्छे सके सम्म लामो दुरिका लागि पनि सार्वजनिक यातायात नै, प्रयोग गर्छन् । जब आफ्नो काम गर्ने सक्ती कम हुन्छ तब उनिहरु गाउ तिर बस्न जान्छन । सके सम्म अर्गानिक खाना खाने र धेरै सारिरिक् ब्यायाम गर्ने गर्छन् ।
त्यसकारण यहाँ का मानिस ९० बर्ष सम्म पनि आँफै यक्लै बस्छन आँफै पकायर खान सक्छन आफ्नो काम सबै आँफै गर्ने उनिहरु को बानी भयका ले कहिले पनि अर्काको सहारा मा बाच्नु नपर्ने गरी आफूलाई आत्मनिर्भर बनायका हुन्छन । छोराछोरी १८ बर्ष पुगेपछी घर छोडेर हिंड्ने भयकोले ( यो यहाँ को सस्कार हो ) यस्लाई यिनिहरु आत्मनिर्भर भन्छन । तर यो सस्कार चाँही राम्रो भने होइन ।
सयुक्त परिवार मा पनि हामी मिलेर काम गर्न सक्छौ यहाँ को यो सस्कार ले भने धेरै बच्चा हरु पढाई छोडेर काम तिर लाग्ने गर्छन् यो यहाँ को नराम्रो सस्कार हो । जिबन साथी पनि धेरै फेर्ने यो सस्कार झन धेरै खतरनाक बन्दै गयको छ यहाँ । अब धेरै मानिस ले बच्चा जन्माउन नै छोडि सके । बच्चा आफ्नो स्वोतन्त्रता को बाधक बन्ने इनिहरु को भनाइ छ । सानो कुरा ले पनि श्रीमान श्रीमती अलग हुने हुँदा र अलग भय पछी दुबैको अर्को जिबन साथी बनाउने हुँदा बच्चा को लागि यो त्यती उतम नहुने कुरा यिनिहरु ले बुझिसकेका छन । यहाँ को यो कुरा चाँही राम्रो पक्छे पनि छ ।
महिला हुन या पुरुष जब सम्म सगै हुन्छन तब सम्म यक ले अर्कालाई घात गर्दैनन । जहिले सम्म सगै हुन्छन विश्वासिलो सम्बन्ध हुन्छ । सम्बन्ध मज्बुत हुँदैन तर पनि उनिहरु खुशी हुन सक्नै कारण चाहि यही होला पेरिस मा सबै भन्दा सजिलो र भरपर्दो साधन मेट्रो ट्रेन र ट्राम हो यो ट्रफिक् जाम मा त्यती नपर्ने भयर अधिकांगस मानिस ले लामो दूरिको लागि यही प्रयोग गर्छन् ।
छोटो दुरिको लागि बस साइकल र आँफै गुडाउन मिल्ने थोतिनेत् त्यस्को अलावा समय छ भने मानिस हिंड्ने गर्छन । म आँफै पनि ३ -४ किलोमिटर हिंड्न छ भने बस लिन्न किन कि स्वास्थ्य को लागि यो धेरै महत्वोपूर्ण छ ।