समय ले मानिस लाई धेरै कुरा सिकायको हुन्छ । कहिले हामी रुन्छौ कहिले हास्छौ । दुखी हुन्छौ खुशी पनि यि सबै कुराहरु प्राकृतिक हुन । सबै मानिस का समय दु:ख का मात्रै पनि हुन्नन र सुख का मात्रै पनि आउँदैनन । तर यहाँ बुझ्नु पर्ने महत्वोपूर्ण कुरा चाँही यो हुन्छ कि हामीले ति समय लाई कसरी प्रयोग गरेउ ति हामीले पायका समयलाई हामीले सहि. तरीका ले उपयोग गरेको छौ कि छैंनौ ।
समय यस्तो यन्त्र हो त्यो पल लाई कहिले पनि फेरी हामीले प्रयोग गर्न सक्दैनौ । जुन पल यकपटक आउछ त्यो समाप्त भयर गयको हुन्छ । हामीले बिचार गर्नु पर्ने कुराहरु चाँही हामी वास्ता गर्दैनौ । जुन कुरालाई हामीले जिबन मा यक्पटक मात्रै हासिल गर्न सक्छौ त्यो हाम्रो समय हो त्यो पल हो त्यसैले हामीले समयलाई माया गर्नु जरुरी हुन्छ ।
त्यस्लाई हामीले साहित्यमा भन्दा पनि व्यबहारमा लागु गर्नु आवश्यक ठान्छु म । आफुले खेलेका आगन हरु आफुले डुलेका बन पाखा हरु आफुले प्रयोग गरेका ति हजारौं कुरा हरु ले हामीलाई खुशी दिने गर्छ त्यो खुशी हामीले कोशीस बिना नै, प्राप्त गर्न सक्छौ । सम्झना आउँदा ति बच्पन का साथी मन फूरुङ हुन्छ त्यो बन पाखा त्यो पोखरी जहाँ हामी खेल्थेउ त्यो खोला अनी त्यो चौर स्कूल को जिबनमा मिल्ने साथिको साथ ति कती प्यारा थिय ।
झगडा अनी मिलन यक्छिन मा बिर्सिन्थेउ । जिबन सहज थियन सुख सूबिधा नहुँदा पनि मन खुशी हुन्थ्यो । कुनै कुरालाई पनि गलत दृष्टिकोण ले नहेर्ने, जिबन स्वोतन्त्र थियो । हामीले आफ्नो जिबन लाई आँफै ले बन्धक बनायका त छैंनौ ??? यो लेखक को मन मा हजारौं प्रश्न सल्बलाउदा अतित लाई सोच्न मन लाग्छ केही थियन तर पनि त्यो अतित मा खुशी नै, खुशी थियो केही चाहियको थियन पेट भर्ने अनी स्वोतन्त्र भयर खेल्ने आफ्नो मन सफा थियो ।
त्यहा कुनै न रिस थियो न गलत बिकार भरियको आत्मा न मान सम्मान पाउने चाह न सम्पत्ति कमाउनु पर्ने चाहना त्यो जिबन मात्रै खुशी को थियो । त्यो पल रसिलो थियो । मह जस्तै मिठो रुख बिरुवा ले दियको पवित्र हावा जस्तै स्वोतन्त्र चक्चक गर्ने गाली खायो सक्कियो । भोली त्यस्लाई सम्झने होइन त्यो पल को रमाइलो आज पाउन सकिन्न त्यो पल आज फर्काउन सकिन्न । हो आज त्यसैले त्यो पल जस्तै पल बाच्ने कोशीस गरौ ।
जुन पल ले भोली सोच्दा खुशी मिलोस । गलत कर्म गरेर अरुलाई लुटेर चरित्र बेचेर स्वाभिमान गिरायर अरुलाई रुवायर । अर्का लाई प्रयोग गरेर धोका दियर । आफुले आफुलाइ बेचेर तिमी आफ्नो नाम लाई अरु सामु देखाउला पैसा कमायर् ठुला ठुला महल मा बसौला । तर तिम्रो सानो मन ले तिमीलाई सदै धिक्कार्ने छ भोली तिमीले अतित लाई सम्झदा आफुले आफुलाइ धिक्कार्ने छौ । त्यो बेला मैले किन त्यस्तो गरे आफुले आफुलाइ प्रश्न गर्ने छौ तर त्यो पल लाई सुधार्न तिमीले कहिले सक्ने छैनौ ।
यो समय हो निरन्तर चलिरहन्छ । तर त्यो पल फर्किन्न त्यो पल मा राम्रो काम गरे अतित मा सदैभरि खुशी मिल्ला आज बच्चा बन्न पाय हुन्थ्यो भन्ने सोच मा रमाउन पाउदा भोली जवान हुन पायमा कती मिठो आनन्द प्राप्त हुन्थ्यो भन्ने खुशी मन मा लियर फूरुङ हुने जिबन बनाउ यही जिबन को सफलता हो ।
आफुले आफुलाइ सम्झदा आँफै ले आफुलाइ धिक्कार्ने दिन न आओस यही हो मेरो जिबन को अन्तिम सफलता बाँकी सबै आउने छ जाने छ समय सगै मिठास ले अगाडि बढ्नु जिबन हो दु:ख अनी सुख त साथी हुन कहिले सुख जोडीन्छ त कहिले दु:ख दुबैको साथ खेल्नु पर्छ रमाउनु पर्छ बाच्नु पर्छ हास्नु पर्छ रूनु पर्छ कठिनाई को सामना गर्नु पर्छ अनी मिठा पल मा रमाउनु पर्छ ।
जिबन को अतित लाई सोच्दा आफुलाइ आँफैसग प्रश्न गर्न नपर्ने, जिबन बनाउनु पर्छ । यही सोच मन मा आउछ अनी लेखक खुशी साथ अतित लाई सम्झदै आज फेरी रमाउछ खुशी हुन्छ बाँच्न को लागि बाच्ने होइन बाचेर केही बन्नु पर्ने साचो सपना फेरी बून्दै अब आफ्नो काम मा लाग्छ ।
अतित मिठो बनाउ जिबन सदै खुशी बन्छ यही भन्छ मन ले मन लाई सुन्न्न पर्छ दिमाग लाई सहिबाटो मा हिडाउन सके जिबन सुन्दर अबस्य बन्छ ।