प्रकृतिले कतिको भलो गरेको हुन्छ त्यस्को महत्वोपूर्ण काम लाई कहिले वास्ता हुँदैन । मानिस कती स्वार्थी भयो मानबता बिर्सियर ठुलो बन्ने होड मा छ । चरित्र बेचेर पैसा कमाउछ । इज्जत बेचेर नाम किन्न खोज्छ । कर्तब्यको पर्बाह छैन परिवार को सपना देख्छ । परिवार ठुलो घरलाई ठान्छ त्यो घरमा हुने मानिस को मुल्याङ्कन छैन ।
नाम को लागि बिज्ञापन गर्छ तर नैतिकता, र स्वाभिमान बेचेर किनेको त्यो नाम स्थिर हुँदैन भन्ने पत्तो पाउदैन या अरुलाई अन्धो अनी बहिरो सोच्छ । कहिलेकाही यस्तालाई देखेर दया लाग्छ बिचरा भनौ कि हिम्मतहारा कहलीलाग्दो बन्दैछ समाज कस्लाई विश्वाश गर्ने अनी को बिश्वासघाति ? छुट्ट्याउन धेरै गार्हो हुन्छ । कस्ले कस्लाई लुट्न सक्छ त्यो लुटेरा यहाँ बाठो कहलिन्छ । कस्ले कस्लाई फसाउने त्यस्कै होड चल्न थाल्छ कुन नेता, का पछी अन्धा भक्त हरु धेरै छन त्यही नेता, योग्य बन्छ ।
पढेका भनेका मानिस हरु झन बिक्रिमा आफ्नो सटिफिकेट पसल थापेर बसेको पाईन्छ । सिक्छित को हो बुद्दिजिबी को ? एउटा एस.एल.सी फेल नेताको, पछाडि त्यो बुद्दिजिबी सिच्छित भनेका हरु को सटिफिकेट को मोलामोलाई चल्छ । उनिहरु त्यस्लाई नैतीकता र स्वाभिमान लाई जस्तै बेचिरहन्छ जागिर खाने निहु हुन्छ कुर्चिमा बस्ने दाउ हुन्छ अनी स्वाभिमानी त मात्र एउटा शब्द बन्छ त्यस्को अस्तित्व पतन हुन्छ अब अनी यस्बाट बनेको समाज तिन्ले निर्माण गरेका यो समाज का नयाँ पिडिले के सिक्छ ??? अब अगाडि यो समाज कता जान्छ ? सबै लाई पैसा सुख सयल पाय मोज मस्ती पनि चाहियको छ नाम कमाउन बिज्ञापन गर्ने ठाउँ चाहियको छ ।
इज्जत र स्वाभिमान बेचेर पैसा चाहियको छ । चिल्लो गुलियो खायर सुगर बढाउन सक्छ भन्ने थाहा हुँदा हुँदै पनि मिठास को जिब्रो लाई रोक्न नसकेर मानिस अब प्यारालाइज् को सिकार बन्न जादै छ । यो समाज अब प्यारालाइज को रोगी बन्दैछ ।
यो देश लाई अब प्यारालाइज बनाउनै यो सबै सड्यन्त्र हुँदैछ । आँफै बिकेको मानिस ले देश सोच्ने कुरा त परै भयो नि, अब देश दूर्गति को बाटो तिर लम्कदै छ । रोक्नु पर्छ अब नैतीकता नगुमाउनु, भयका ले बुझ्नु पर्छ अब स्वाभिमान बेच्न नसक्ने, हरुले बोल्नु पर्छ अब आदर्शवान नेता, हरु ले मिल्नु पर्छ अब समाज लाई दुर्गन्धित् बाट बचाउन चाहने हरु ले एउटा महत्वोपूर्ण निर्णय लिनु पर्छ ।
अब देश लाई बचाउन चाहने सपूत हरु ले बोल्न पर्छ अब सपूत सन्तान जन्माउने आमा हरु ले आफ्ना सन्तानलाई नैतीकवान बनाउन चाहने बुवाहरु ले अब अन्धकार लाई चिर्नु छ नयाँ बिहानी बोलाउन घाम को प्रकाश लाई बादल ले घेरीरहन दिनु हुन्न अब पानी बर्षनु पर्छ प्रकृति लाई हराभरा बनाउन गन्धगि बाट यो समाज लाई पखाल्न अब पानी बर्षनु पर्छ उज्यालो दिन ल्याउन ऊज्यालो दिन आउन ।
अब बादल हट्नु पर्छ घाम को ऊज्यालो प्रकाश ले प्रिथिबी लाई किरण दिन अब झूल्कनु पर्छ घाम अध्यारो लाई चिर्न ।(लेेखक गजुरेल हाल फ्रान्समा छिन, उनकै मौलिक शब्दमा प्रकाशित ब्लग)