आज १५१ अन्तरराष्ट्रिय नारि दिबश लाई निहाल्दा, यो दिन मा मैले आफ्नो कथा लेख्दै गर्दा हाम्रो समाज मा ३५ बर्ष अगाडि पनि मैले आफ्नो जिबन कसरी अगाडि बढाउने भन्ने निर्णय गर्न पाउने अधिकार मलाई थियन । जब कि महिला हरु स्वोतन्त्र भयको त्यो बेला मा पनि ११६ बर्ष भैसकेको रहेछ । त्यो बेलामा पनि मलाई मेरो जिबन बिताउने जिबन साथी कस्तो चहियो भनेर सोधियन । त्यो सोध्ने अधिकार त्यो समाज ले महिला लाई दियको थियन ।
छोरी हरु को स्थान कस्तो थियो ? जन्माउने हुर्काउने अनी अर्कालाई जिम्मा लगाउने । उसले छोरी को चाहना बुझ्छ कि बुझ्दैन उसले माया अनी सम्मान दियको छ छैन त्यस्मा न बुवा लाई मत्लब न आमा लाई न त परिवार का अरु सदस्यलाई नै, बरु अझै मलाई जिम्मेबारिका भारी चाँही बोकाई रहनु भयो । उहाहरुका घर मा म अटाउन न सके पनि मलाई भाई लाई पढाउने जिम्मेबारि चाँही थपियो । नयाँ घर नयाँ नाता अनी अझ भाई पनि । जिम्मेवारि र कर्तब्यको जिम्मा मैले मात्र लिनु पर्ने थियो कि खै के हो ? अब सानो भाई लाई पनि मैले आफ्नै घर मा ल्याय । आफु सगै उसलाई बोडिङ स्कुल मा पढाउन मेरो विवाह भयको ६ महिना मा भाई पनि थपियो । मैले त्यस्मा पनि आफ्नो कर्तब्य सम्झिय ।
अब भाई ल्याय पछी गाउ बाट अर्की छोरी पनि अाइन त्यही बस्न १८ बर्ष को उमेर नयाँ घर पढ्दै गरेको श्रीमान घर बाट आयको दाल चामल खाने त्यो बजार को घर । मेरो इच्छा चाहना अब बिर्सिन थालेको थिय मन मा केही गर्नु पर्छ मैले भन्ने त लाग्थ्यो । तर गर्ने के ? त्यही हुँदा हुँदै म त अब आमा बन्ने पो भय छु । अब म के गर्छु त्यो आँफै लाई थाहा नहुँदा नहुँदै बच्चा जन्मियो । म आँफै ले आफूलाई बनाउनै नपाई म बाट बच्चा को जन्म भयो । अब मैले नयाँ जिबन पाय त्यही बच्चा को माया ले मलाई बाँच्न सिकाउन थाल्यो । अब मलाई बाच्ने रहर भयो अब म बाच्ने छु यो बच्चा को लागि मैले त्यही सोचेर अब त्यही बच्चा लाई हुर्काउन बढाउन तिर लागे त्यस्को फेरी १ बर्ष 6 महिना पछी अर्को बच्चा जन्मियो त्यती बेला म २१ बर्षको थियो २ बच्चा कि आमा अनी भाई ।
अब मेरो जिम्मेवारी नयाँ जिबन यही थियो यही सोचिरहन्थे अब आफ्नो अस्तित्व तिनै फूल् फूलाउन तिर लागे आफूलाई बिर्सियर मैले अब तिनै कलीला बिरुवा मा द्यान दिदै गय ति दुई फुल मेरा जिबन मेरा गुरु मेरा स्वाभिमानी मेरा इच्छा अनी मेरा अभिमान मायाको संसार का साथी अनी मेरा प्रेरणा जिबन मा मैले पायको सबै भन्दा खुशी को पल थियो ति दुई लाई जन्मदिदा आफ्नो पिडाहरु सबै बिर्सिय ति मेरो कोख बाट बाहिरीयर आवाज निकाली रुदा म धेरै खुशी भयको त्यही छेण् थिय आफ्नो बच्चा लाई काख मा लियर छातीमा टास्दा । कर्तब्यका अरु अग्ला पहाड अगाडि थिय २० बर्ष टेकेको मात्र थिय पहिलो सन्तान जन्मिदा हर्स र उल्लास थियो मेरो मन मा अरु केही सोच थियन त्यो पल मा कस्तो अ नौठो अनुभुती थियो त्यो मिठो पल मा ।
जिबन मा मैले खुशी ले हास्न सकेको पल शायद त्यही थियो होला । मेरो जिबन मा सबै भन्दा ठुलो खुशी ल्याउने मेरा दुई छोरा अनी अब मेरो लक्छे र उदेस्य त्यही बन्यो मेरा सन्तान को खुशीलाई आफ्नो खुशी बनाउने । (लेेेखक गजुरेल हाल फ्रान्समा छिन, उनकै मौलिक शब्दमा प्रकाशित लेेख)