सन्नाटा को संसार मा हरायको यात्री जस्तै थिय म समाज को परिधि भित्र बाच्नुपर्ने मेरो त्यो बाध्यता को पर्खाल लाई नाघ्न सक्ने आट पटक्कै पुगेन । छोरीलाई बिबस्ता को परिधि भित्र थुनेर सुखद जिबन को कल्पना मा बाँच्न लगाउने त्यो समाज मा म जवान अनी रुप ले पनि केटा हरु को नजर लाग्ने (आकर्सन ) बुवा घर मा नबस्ने, हजुरबुवा लाई बिदाइ गरेर बरखि पनि गरिसकेको मेरो घर मा बढेकी छोरी अटाउन सक्ने कुनै सम्भाबना देख्नु भयन होला शायद मेरी आमाले ।
हजुरबुवा को बरखिमा आयका आफन्त हरु को त गिदे नजर परेको थियो म माथि भने अरु बाहिर का ले झन कती कती कस्तो समाज अनी मानब को नाम मा जन्मियका दानब हरु लाई अर्काको बगैचा मा सुन्दर फुल फूल्नै नहुने, र्याल चुहायर बस्ने ति दानब रुपी मानब बाट मलाई पनि मुक्त गर्न चाहनु हुन्थ्यो मेरो परिवार ।
त्यहा मेरो गल्ती थियो ठुलो गल्ती हलक्क बढ्नु अनी सुन्दर देखिनु के प्रक्रिती ले दियको त्यो अधिकार पनि खोसिनु उचित थियो त ? त्यस्को हिसाब कहाँ हुन्छ र त्यस्लाई न्यायलय कहाँ मिल्थ्यो र ? त्यो मान्छे कस्तो छ त्यस्को केही कुरा थियन उसले के गर्छ आफ्नो छोरी लाई माया अनी प्रेम देला ? त्यो हेरियन एउटा लमिले ल्यायो छोरी लाई देखाइदिय परिवार ले उसलाई मन पर्यो त्यो सुन्दर फुल तर उसलाई पनि थाहा छैन त्यो उसको लायका छ कि छैन ।
केटा को सम्पत्ति छ रे त्यो उसले कमायाको कहाँ होर बाउको सम्पत्ति त्यही अर्काले कमाय को सम्पत्ति मा अब उसले मलाई पनि पाल्न लाने रे बजार मा घर छ छोरी लाई सुख ले पाल्छ यतिको केटा ठीक छ । सिद्दियो अब त्यो सुन्दर फुल कसैले त्यो फूलबारी बाट अलग गर्नु पर्छ ।
यही थियो समाज को घर को अनी परिवार को निर्णय । त्यो फुल ले बगैचा मा फुल्न चायो तर कोपिला मै लगेर गमला मा सजाइयो । त्यस्को अस्तित्व खतम बनाइ अर्काको गमला मा सजाउन दीइयो । त्यहा त्यो फुल ले जग्मगाउन सकेन बिस्तारै मूर्जाउदै गयो । १८ बर्ष को उमेर मा नै, मेरो जिबन को बलिदान मागियो म चुप्चाप त्यो सहन वाध्य थिय । (लेखक गजुरेल हाल फ्रान्समा छिन उनकै मौलिक शब्दमा प्रकाशित लेख)