फ्रान्सबाट शोभा गजुरेलको जीवनयात्रा स्मरण, भाग- १३ उनकै शब्दमा

    
फ्रान्सबाट शोभा गजुरेलको जीवनयात्रा स्मरण, भाग- १३ उनकै शब्दमा

मलाई सानै उमेर बाट बर्त बस्ता धर्म हुन्छ भन्ने कुरामा विश्वाश लाग्दैन थियो । घरको बातावरण को कारण होला मन्दिर जान चाँही धेरै खुशी लाग्थ्यो । हजुरबुवा पाठ पूजा अत्यधिक गर्नु हुन्थ्यो । कैयौ पटक म हजुरबुवा सग पूजा गर्ने ठाउमा पनि जान्थे मलाई रमाइलो लाग्थ्यो । हजुरबुवा लाई सबै ले पुरेत बाजे पन्डित बाजे भनेरे सम्बोधन गर्थे हाम्रो घर मा सदैभरि जस्तो सेल रोटी हुने गर्थ्यो हजुरबुवा को पेसा नै, पुजापाठ गराउने थियो ।

उहालाइ खाना खाने चिन्ता थियनौ चिया भने खुब पिउनु हुन्थ्यो । हाम्रो घर को ओरिपरी फुल का थुप्रै बोट थिय उहालाइ बिहानी पूजाको लागि हरेक दिन ढक्की भरी फुल चाहिन्थ्यो । सरल स्वोभाब पुजापाठ गर्ने कुरा मा कहिले पनि अल्मल नगर्ने उहाको बानी थियो । हरेक दिन बिहान् बिहानि नित्य,’ कर्म सकेर नुहायर मात्रै पुजापाठ गर्ने बस्नु हुन्थ्यो । हजुरबुवा बाहिर जानुपर्ने भयो भने पनि हजुरआमा ले त्यो पुजापाठ सम्पन्न गर्नु पर्ने हुन्थ्यो । हरेक दिन साझ अनी बिहान संख र घण्टा बजाइ पुजापाठ हुने त्यो गाउ मा गनेरै ३-४ घर थियो त्यस्तो परिवार मा जन्मियर पनि । मलाई पर्सादि खान बाहेक अरु कुरामा त्यती वास्ता थियन ।

आगन ओरिपरी फुल रोप्ने भने मेरो सोख थियो आगन लाई लिप्पोत गर्ने चलन थियो गोबर मा माटो. मिसायर लिपेको आगन को ओरिपरी फुल फुल्दा घर नै,ं उज्यालो हुन्थ्यो । ठुला ठुला पारिजात् का बोट हरु थिय आगन को छेउमा त्यस्को तल पनि सदैभरि लिप्ने गरीन्थ्यो पारिजात् को फुल लाई टिप्नु हुन्न भनी बोट हल्लायर सफा लिपेको भुइ मा झारि त्यस्बाट टिपेर ढक्किमा सजाइ पूजा कोठामा राखिन्थ्यो । त्यो फुल को बास्ना यती मिठो हुन्थ्यो कि सिन्के धुप को बास्ना लाई पनि फीका गराइदिन्थ्यो ।

मेरो हजुरबुवा लाई छोरा धेरै मन पर्थ्यो गाउमा कसैको छोरा जन्मियो भन्ने थाहा पाउनु भयो भने तुरुन्त चिना को लागि टिप्पन लेख्न थाल्नु हुन्थ्यौ । घरको सबै व्यबहारमा हजुरआमा कै भूमिका थियो । हजुरआमा कडा स्वोभाब को हूनुभयको कारण नै, हाम्रो परिवार मा ब्यबस्थापना राम्रो थियो । हजुरबुवा लाई त्यतिबेला त्यती धेरै घरको व्यबहार गर्न पर्दैन थियो । उहा पाठ पुजामै ब्यस्त हुनुहुन्थ्यो । यही हिसाब ले चल्दा चल्दै फेरी मेरो घर बदल्नु पर्ने परिस्थिती श्रीजना भयो । मेरी आमा र हजुरआमा बिच खै के भयो ।

अब मलाई दुई मध्य यक लाई रोज्नु पर्ने भयो भाई हरु त जनकपुर को बोडिङ मा बस्थे हामी दुई दिदी बहिनी लाई भने त्यो अप्ट्यारो को सामना गर्नु थियो । म मेरी हजुरआमा लाई असाध्यै माया गर्थे म उहासगै सुथ्थे मलाई उहाले अली बढीनै माया गर्नु हुन्थ्यो म उहाको पहिलो नातिनी त्यस्मा पनि सानोमा धेरै पटक मरेरै बाचेको रे म उहाले मेरो लागि नगर्ने कुरामा सन्कै थियन । तर अब आमा र हजुरआमा अलग अलग हुने भय पछी मैले कस्लाई चून्ने ? मेरो लागि त्यो धेरै गार्हो थियो त्यती बेला म १४ बर्षको थिय । आमा घर छोडेर हजुरआमा कै भाई को घर मा जानु भयो हजुरआमा को भाई ले मेरै आमाकी मामा कि छोरी दिदी लाई विवाह गर्नु भयको मेरी आमा ले उहा लाई दिदी र बुवाको मामा लाईचाही मामा ससुरा भन्नुहून्थ्यो उहाहरुका बच्चा ले पनि मेरी आमा लाई सानीमा र बुवालाई चाँही भानिज दाजु भनेर सम्बोधन गर्नु हुन्थ्यो । म भने हजुरबुवा हजुरआमा नै भन्थे ।

मलाई फेरी टुट्नु पर्ने भयो परिस्थिती ले मलाई फेरी बिचरा ल्यायो । आमा लाई कसरी छोडौ बुवापनी घर मा नबस्ने, हजुरआमा लाई छोड्न पनि धेरै गार्हो थियो मेरो लागि हजुरआमा पनि त त जान्नस् नि आमा सग भनिरहनु भयको थियो । २-4 दिन त म हजुरआमा सगै बसे मैले आफ्नो घर छोडिन जब भाडा कुडा छुत्याउन लागियो मेरो जिबन नै, बढीयको महसुस गरे आधा आधा हुन सके म दुबैको हुने थिय । अब मैले निर्णय आँफै लिनु पर्ने थियो दुबैको लागि म आफ्नै थिय ।

रात भरी निन्द्रा लागेन को सग बस्ने ? अनी निर्णय लिय खान आमा कहाँ खान्छु सुत्न हजुरआमा सग आउछु । तर हजुरआमा पनि धेरै रुनु भयो उहालाइ मैले छोडेर जान्न भन्ने लागेको रहेछ शायद म पनि रोय त्यो मेरो बिबस्ता थियो आफ्नो घर त्यहा पनि छोडे । हाम्रो घर थियन त्यसैले २-४ महिना त्यही हजुरआमा को भाई को घर मै बसेर पछी हजुरबुवा को भाई सिन्धुली बस्नु हुन्थ्यो उहा त्यहा आउनु भयो र उहाको घर मा सरेऊ अर्को घर बन्न केही समय लाग्यो तब सम्म त्यही हजुरबुवा को घर मै बसेउ घर बनिसके पछी नयाँ घर मा सरेउ अब मेरो जिम्मेबारिका बोरा हरु अरु धेरै बोक्नु पर्ने बेला भयो अब म आफ्नो घर को लागि के के गर्ने मेरो कोठा लिप्पोत कसरी गर्ने भन्ने सम्म सोच्ने भय ।

नयाँ घर हजुरआमा को घर भन्दा अली टाढा भय पनि राती सुत्न उहा सगै जान्थे । सर्प धेरै लाग्ने त्यो तराइ को ठाउँ मा पनि मैले आफ्नो कर्तब्यका ति पर्खाल लाई तोडिन निडर भयरै राती सुत्न हजुरआमा सगै जान्थे बिहान उठेर आमा लाई सघाउन आउथे । अचम्मै को थियो मेरो बाला पनि सबै थिय कमी केही को थियन तर मेरो लागि सदै आफ्नाको बिछोड महसुस भैं रहयो म सबै लाई आफ्नो साथ मा चाहन्थे तर परिस्थिती ले अर्कै बनायो ।

भाग्य मा नभय, पछी आफ्नो भयको पनि पाइन्न भन्छन । भाग्यलाई विश्वाश गर्दिन म तर खै मेरो कर्म मा किन यस्तो भयो त्यो सोचिरहन्थे सधैं तर उतर थियन म सग म त्यस्तै त्यस्तै परिस्थिती मा फस्तै गय जिबन को गहिराइ खोज्दै गय । ( गजुरेल हाल फ्रान्समा छिन)