फ्रान्सबाट शोभा गजुरेलको ब्लग यौन पेसा गर्ने महिलामात्र किन दोसी

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग यौन पेसा गर्ने महिलामात्र किन दोसी

महिला माथि लादिने हरेक धर्म का कुनै न कुनै सस्कार हुन्छन ति सस्कार ले महिला का अधिकार मात्रै खोस्दैन स्वाभिमान नैतीकता आत्मसम्मान सबै खोसेका हुन्छन । ति अफिम जस्ता सस्कार तोड्न नारी हरु आँफै मान्दैन्न । किन कि त्यो लत बसेको हुन्छ । विवाह गरेर गय पछी लोग्ने ले पाल्नु पर्छ भन्ने महिला हरु पनि छन । त्यो पालीनु मा आफ्नो आत्मसम्मान कसरी आँफै ले गुमाइरहेका हुन्छन त्यो उनिहरु लाई नै थाहा छैन ।

थाहा भय पनि भाग्यलाई दोश दियर चोख्खीन खोज्छन । महिला हरु आफ्नो जिबन को लक्छे लाई होइन ऐसो आराम लाई भाग्यमानी बनेको छु भनी देखाउन खोज्छन । यो सबै को मुख्य कारण आफुले आफूलाई आफ्नो स्वाभिमान र आफ्नो लक्छे लाई बिर्सिनु हो भन्छु म हामीले जती सुकै धर्म सस्कार सस्क्रिती लाई अगालेर हिंडे पनि बाहिर जती फुर्ति झारे पनि आत्मनिर्भर नभयका ९० प्रतिसत महिला हरु आफ्नै घर मा दमन अन्याय र अत्याचार सहेरै बचेँका हुन्छन आफ्नो स्वाभिमानी लाई समाप्त पारेर लाचार बनेर समाज मा देखाओटी खुशी देखाउछन यो सबै हुनु को कारण महिला ले आफ्नो बुवा बाट अधिकार बिहिन हुनु नै हो महिला ले आफूलाई कम्जोर ठान्नु को कारण नै कन्यादान हो यस्ले महिला को आफ्नो बूवाको घरको सबै अधिकार खोसेको हुन्छ सम्पत्ति नाम थर गोत्र अनी साहारा बिहिन निरिह महिला अर्काकी छोरी अर्को घरमा कसरी मालिक हुन सक्छिन ।

बोलेर मात्र कोही मालिक बन्दैन मालिक बन्न आफ्नो सम्पत्ति हुन पर्छ तर उनिसग केही हुन्न थरै त अर्काको लियर भित्रियकि उनी त्यो घरको मालिक हुन कदापी सक्दिनन जबर्जस्ती म मालिक हुँ भन्नु पनि गलत हो नि, होइन ? अर्काको धन सम्पत्ति लाई मेरो भन्नु गलत हुन्छ । जब सम्म महिला आत्मनिर्भर हुँदैनन तब सम्म मलिक पुरुष नौ हुन र महिला दासि त्यसैले पुरुष लाई खुशी पार्नु उनको काम बन्छ त्यो परिवार मा समानता होइन महिला दासी बनी ऐसो आराम को जिबन लाई भाग्य ठानी बाचेका हुन्छन ।

मेरो सस्कार मलाई अत्तेन्त प्यारो लाग्छ जहाँ भेड्भाब हुन्न । पौरानीक कथा मा जहाँ पनि नारी लाई उच्च सम्मान गरियको छ तर पुरुष प्रधान समाज ले महिला लाई बेचबिखन को साधन बनायको पाईन्छ । पैसा तिरेर पुरुष बेस्यालयमा जान्छ अनी महिला लाई बेस्या भन्छ पुरुष कती मुर्ख छ आफ्नो श्रीमती लाई धोका दिने उसलाई समाज मा सम्मान छ ।

तर आफ्नो इज्जत बेच्ने महिला गलत नाम ले चिनिनु पर्छ । समान खै त ? मैले त्यो पेसा गर्न पाउनु पर्छ भनेको होइन तर त्यहा जाने पुरुष पनि समाज को नजर मा तिरस्क्रित् किन बन्दैन ? मेरो प्रश्न त्यती हो । ( लेेखक गजुरेल हाल फ्रान्समा छिन, उनको मौलिक शब्दमा प्रकाशित लेेख)