फ्रान्सबाट शोभा गजुरेलको ब्लग बिस्वासघातको अर्को रुप आर्यघाट

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग बिस्वासघातको अर्को रुप आर्यघाट

कबिता लेख्दा म यौटी कबियत्रि बन्ने गर्छु । कथा लेख्दै गर्दा यौटी कथाकार । काम गर्दा म मज्दुर बन्छु भने छोराछोरी को आमा । मेरो नाती कि म हजुर आमा । बुवा आमा ठुलो बुवा ठुलो आमा काका काकी फुपु हरु कि बालख छोरी उहाहरुको नजर मा म कहिले ठुलि हुनै सक्दिन ।

दाजुभाइ दिदी बहिनी र माया गर्ने बिस्वासिला साथी हरु कि म साथी तर यि सबै नाताको बाहेक का पनि कुनै कुनै नाता छन मेरो जिबन मा त्यो नाताको नाम हो बिश्वासघात मेरा सबै नाता लाई मैले मन को न्यायालय मा खडा गर्दा उनिहरु ले दिने माया प्रेम सद् भाब सहयोग इज्जत स्वाभिमान र नैतीकता लाई बलियो बनाउने अनी मैले आफुले आफु लाई चिन्ने मौका पाउने त्यो पल हरु लाई समेट्दा मलाई खुशी मिल्ने ति धेरै नाता मा पनि कहिले काही मलाई मन नपर्ने कुराहरु पनि न आउने होइनन । तर ति सबै छेङिक हुन्छन ।

मन दुख्छ होला केहीबेर तर त्यस्ले मलाई अगाडि अझ राम्रो बन्ने प्रेरणा दियको हुन्छ । त्यो थोरै समयको लागि नराम्रा लागे पनि पछी त्यस्ले मलाई धेरै ठुलो फाईदा पुर्याइरहने ज्ञान बन्न पुग्छ । यि सबै नाताको मैले पनि सम्मान गर्नु पर्छ र गरिरहन्छु त्यही प्रण् गर्छु र सबैलाई उचित व्यबहार गर्नु मेरो कर्तब्य पनि हुने गर्छ ।

म यक कबियत्रि लेखक भयको नाता ले मैले मेरा पाठक हरु लाई पनि आफुले सक्ने खुशी दिन चाहन्छु जिबन को सबै भन्दा महत्वोपूर्ण कुरा खुशी हो हरेक मेरा पाठक ले मैले लेखेका सब्दमा आफ्नो खुशी खोज्ने बातावरण मैले मिलाउनु पर्छ भन्ने मलाई लाग्छ सक्ने प्रयास म त्यस्मा पनि गर्छु यो मेरो लेखिका हुनु को धर्म र कर्तब्य पनि हो । तर हरेक मानिस यौटै हुँदैन्न सबै को भाबना र मन यौटै हुँदैन बिचार यौटै नहुन पनि सक्छ त्यसकारण मैले लेख्ने भाबना ले सबै लाई मन नछुन पनि सक्छ त्यसका लागि म तपाईंहरु सग छेमा माग्न चाहन्छु ।

मलाई कुनै गार्हो हुँदैन मैले कर्तब्य र दाइत्वो पुरा गर्न नसके को मा छेमा माग्दा म आफु लाई कहिले पनि सानो भयको ठान्दिन यस्मा तपाईं पाठक हरु ले पनि माफ दिनु हुन्छ त्यो मलाई विश्वाश छ । मैलेआज यो सबै कुरा हरु लेख्दा लेख्दै सबै नाताको भाबनात्मक सम्बन्ध हरु लाई उजागर गर्दा गर्दै के भन्न खोज्दै छु त्यो शायद तपाईंहरु ले अनुमान लगाइ सक्नु भयको होला ।

माफि त्यस्लाई मात्र दिनु पर्छ जस्ले अन्जान मा गल्ती गर्छ । मेरो लेख कथा कबिता पढ्दा तपाईंहरु को समय नस्ट भयको हुन्छ त्यो समय लाई तपाईंले फर्काउन सक्नु हुन्न । तर त्यस्बाट तपाईं ले केही हासिल गर्नु भयो भने त्यो समय ले न्याय पाउछ होइन र ? त्यसकारण लेखक ले लेख्ने भनेको तपाईंको लागि न्याय गर्न हो । उदेस्य त्यही हो । तर यहाँ कुनै यस्ता नाताको पनि मैले उल्ल्लेख गरेको छु ति नाताको नाम हो बिश्वासघात हामी सबै को जिबन मा ति नाताको कही न कही कुनै न कुनै तरिका ले प्रबेश पायका हुन्छन ।

ति बिश्वासघात गर्ने हरु को नियत मै योजना हुन्छ । उदेस्य मै गलत चरित्र को कालो मोसो लियर हिंडेका हुन्छन । तिनिहरु को मन मा न दया हुन्छ न माया न नैतीकता हुन्छ न स्वाभिमान न गलत काम गरेको मा लज्जाको महसुस नै गर्छन् । त्यस्ता लाई मैले कहिले माफ दिन सक्दिन । ति आर्यघाट जस्तै हुन्छन । विश्वास घात र आर्यघाट दुबैको काम समाप्त पार्ने हो ।

बिश्वासघाति ले जिउदै जलाउछन र आर्यघाट मा मरेपछी जलाइन्छ । जिउदै कसैको मन बिश्वासघात गरेर जलाउछ भने जलाउने लाई कहिले माफ गर्नु हुन्न । मरिसके पछी जलाईदिने लाई कहिले नराम्रो ठान्नु हुन्न । (लेखक शोभा गजुरेलको आफ्नै मैलिक शब्दमा प्रकाशित ब्लग)