फ्रान्सबाट शोभा गजुरेलको ब्लग तिम्रो अहमता र मेरो स्वाभिमान

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग तिम्रो अहमता र मेरो स्वाभिमान

बसन्त को आगमन सगै पलायका पाउला हरु ले आफु फक्रिन खोज्दै छन । फुल हरु डालि मा फक्रन पाउदा आफ्नो सुन्दर्ता लाई झल्काउदा खुशीयली मनाउदै छन । खोला हरु आफ्नो बाटो मा सफा भयर बग्न पाउदा फूरुङ भयर बग्दै गरेको देख्दा यो लेखक पनि प्रसन्न छ ।

आज शायद उसले पनि आफ्नो कलम का मसिले यिनिहरुको बण् न गर्न पाउदा प्रसन्नता को सिमाना भन्दा बहिर रमाउदै बसन्त लाई खुब मिठास का  साथ दिदै ति भर्खर पलाउदै गरेका मुना हरु सग हातेमालो गर्दै फुल्दै गरेका सुन्दर फूल सग प्रेम पूर्वक खेल्दै सफा नदिका किनारा मा गयर अर्को किनारा लाई मुस्कुरायर आफ्नो अतित को कल्पना मा रमाउदा रमाउदै खै कती बेला आशूको धारा हरु बग्न लागेछन पत्तो भयन ।

हामी पनि नदिका दुई किनारा बन्यौ न मिल्न सक्छौ न सम्झना ले नै, छोड्न सक्छ । को हौ तिमी जस्का लागि हरेक दिन एउटा उमङ लियर बिउझाउन आउछौ चिर्बिर चिर्बिर गर्दै मलाई मिठो धुन को कल्पना मा तिम्रो दिन शुभ रहोस् भनी सम्झना को स्पर्स ले मिठो धुन गूनगुनाइ मेरो आँखाको कल्पना मा मुस्कुराइदिन्छौ । को हौ थाहा छैन न चिन्दछु तिमीलाई न देख्न पायको नै छु ।

न छुन सक्छु न तिमीलाई भेट्न नै पायको छु । नदिका हामी दुई किनारा कहिले भेट हुन्न होला तर हरेक दिन मैले तिमीलाई याद गरिरहेको हुन्छु प्रेम पूर्वक बोलाउछु चिया पकाइ हरेक दिन तिमीलाई पर्खेर बस्छु अनी सम्झन्छु हामी नदिका दुई किनारा हौ मात्र माया गर्न सक्छौ भेट्न कहिले सक्दैनौ । यौटै बाटोमा हिड्छौ तर हाम्रो मिलन सम्भब छैन ।

समाज को कुरिती हरु ले तिमीलाई छेक्छ तिमी पुरुष हौ तिमी मा एउटा छूट्टै अहम्ता हुन्छ म महिला हुँ त्यसो भनेर मलाई पनि आफ्नो स्वाभिमान बाट गिर्न कहाँ आउछ र ? हो यस्तै यस्तै धेरै सामाजिक बन्धन छन जस्का कारण हामी सदै नदिका, दुई किनारा बनिरहने भयौ न मिल्न सक्छौ न बिर्सन तर हिंड्ने बाटो यौटै छ हिंड्नै पर्छ सँगसग । हिंड्नै पर्छ सँगसगै ।

यो कथा लेख्दा लेख्दै नेपाली समाजले दियको महिला र पुरुष प्रती को यो अचम्मै को भेदभाब पूर्ण सस्कार सस्क्रिती हरु लाई सम्झन्छु । पुरुष हरु ले महिला लाई हेर्ने दृष्‍टिकोण सम्झना आउछ । कस्तो छ हाम्रो समाज नारी पुरुष एउटा रथ को दुइतिर को सपोट पांग्रा हुन तर पनि समाज ले यि दुइ जात लाई हेर्ने दृष्‍टिकोण कहिले बदल्ल्लियला कहिले होला मेरो देश मा महिला ले पनि स्वोतन्त्रता को अनुभब गर्न पाउने ? महिला पनि मान्छे हुन ।

उनका पनि सपना हुन्छन । त्यो सपना देख्न अनी पुरा गर्न उनलाई पनि अधिकार छ भनेर कहिले बुझ्ला यो समाज ले ? नाम मात्र को नारी स्वोतन्त्रता को यो कहलीलाग्दो समाज मा बाँच्न धेरै गार्हो छ महिला लाई अनी महिला नै महिला को बिरुद्द जादा यस्ले अझ बिकराल खाडल खनिदियको छ ।

हजारौं महिला घर मै दमन अत्याचार लाई सहेरै आफ्नो घर बचाउन चाहन्छन । श्रीमान श्रीमती को नाताको महत्वो थाहा नै नपाई दासी बनेर बस्न वाध्य छन । धेरै लाई देख्छु तर उनिहरु आँफै बोल्न सक्दैनन किन कि समाज को बिरुद्द जान धेरै गार्हो हुन्छ । महिला ले नै घर लाई सिगार्छन तर तिनै महिला हरु त्यही घर का दास छन ।