फ्रान्सबाट शोभा गजुरेलको ब्लग मैले नजन्माएका दुई छोरी

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग मैले नजन्माएका दुई छोरी

मैले नजन्मायका मेरा दुई छोरी यि को थिय कहाँ बाट मेरो जिबन मा आय त्यो कुरा लाई मैले यहाँ उल्लेख गर्न चाहिन यि दुबै दान भयर मेरो हुन आयका पवित्र बन्धन बाट बाधियर् आयका मेरा प्राण भन्दा पनि प्यारा मेरा दुई छोरा का जिबन साथि हुन ।

यो कुनै कथा होइन यि मेरा जिबन मा आयका बुहारी यिनलाई मइले साक्छ्यात लक्ष्मी अनी सरस्वोती मान्ने गरेको धेरै भयो । कहिले काही यिनिहरु पार्वती अनी देबि जस्ता पनि लाग्छ मलाई । कहिलेकाही कल्पना मा सोच्ने गर्थे । मैले छोरी जन्माउन सकिन शायद मेरो भाग्यमा छोरी को माया पाउन लेखियको छैन कि ? मलाई धेरै मन पर्ने भयर होला मलाई भगवान ले छोरी जन्माउन रोक्नु भयो ।

म त्यस्को लायकै थीइन र पनि होकी छोरी नजमियका, यस्तै यस्तै सोचिरहने म छोरा हरु लाई कहिलेकाही भन्ने पनि गर्थे । मेरा छोरी छैनन. मलाई तिमीहरु ले नै, छोरी ले दिने माया दिनु पर्छ नि, ल ! ठुलो छोरो बोल्दैन. थियो तर सानो छोरो चिन्ता नगर्नुस्, ममी हामी हजुरलाई छोरी नभयको, मा पछुतो बनाउने छैंनौ । उसको त्यो बोलिमा माया को आभाश त थियो कोशीस पनि धेरै गर्थ्यो मेरो सानु देखाउथ्यो ।

म छोरी जती माया गर्छु मेरी ममी लाई । मलाई पर्ने हरेक दु:खमा देखाउथ्यो म छु ममी भन्थ्यो । ठुलो बाबु भने देखाउदैन थियो । तर उसको पैसा राख्ने सानो मनि ब्याग्मा सदै मेरो फोटो लियर हिड्थ्यो । म सुटुक्क उसको ब्याग हेर्थे । देख्यो भने खुब रिसाउथ्यो तर म लुकेर हेर्थे सदै उसको ब्याग । उसले पनि मलाई धेरै माया गर्थ्यो । सानो बाबु ले झै खुट्टा डुख्यो ममी हजुरको खुट्टा मा तेल लगाउछु भन्दैन थियो तर मलाई दु:ख पर्दा उसको आखामा पनि आसु आउथ्यो ।

त्यो अलग्गै मात्रू भाबनात्मक सम्बन्ध त थियो तर मैले उनिहरु सग छोरीहरु लाई जसरी सबै आफ्नो कुराहरु बताउन कहाँ सक्थे र ! रुन परे लुकेर रुन्थे हास्दा सगै हास्ने मेरा प्यारा साथी भने थिय मेरा दुई छोरा । मलाई कहिले दु:ख दियनन भन्दा पनि हुन्छ ज्ञानी थिय दुबै तर पनि मलाई कता कता छोरी को चाहना थियो । म त्यती धेरै गफ गर्न नजान्ने, भयर होला साथी त मेरा थिय तर कोही सग पनि मन को कुरा गर्ने मेरो बानी थियन ।

तर जब मेरी जेठि बुहारी लाई मैले मेरो छोरा को जिबन मा बाधि दिय तब मलाई लाग्न थाल्यो मैले छोरी पाय मैले नजन्मायकी मेरी छोरी आमा खुवाउने औसिमा मलाई मिठाइ खुवाउने त्यो छोरी! ममिलाई यो लुगा सुहाउछ भन्दै किनेर ल्याइदिने त्यो छोरी तपाईं काम नगर्नुस् म गर्छु दिनभरी थाकेर आउनु हुन्छ म खुट्टा मीचिदिन्छु उसको त्यो बोली ले मलाई कती खुशी मिल्थ्यो यस्तो लाग्थ्यो मैले जिबन मा कती धेरै पून्य गरेको रहेछु मैले नजन्मायकी मेरी छोरी ले मलाई गरेको माया ले म नतमस्तक हुन्थे ।

उ आफु कती थाकेर पनि मलाई थाकेको ठान्थी । त्यो मेरी छोरी मैले सोचे भन्दा पनि धेरै मलाई माया गर्थी । मैले उसलाई बुहारी भन्नै सकिन त्यो साइनो उसको लागि बनेको होइन भन्ने मलाई लग्थ्यो उसको खुशीमा म रमाउथे उसको प्रगती मा मलाई आनन्दित् भयको महसुस हुन्थ्यो । त्यो मैले नजन्मायकी छोरी ले मलाई दियको खुशी मेरो जिबन लाई उर्जा दिने थियो ।

त्यो माया ले मेरो हिर्दय मा छोयो । उसलाई मैले कहिले बुहारी को रुपमा हेर्न सकिन उसले मलाई मामु भनी मैले उसलाई छोरी । गाली गर्छु डराउदिन ऊमसग माया गर्दै भन्छे म हजुरको छोरी होइन ? त्यही चल्दै थियो उसको माया पाउदा पाउदै अर्की पनि छोरी अाइ. मेरो जिबन मा अब त म दुई छोरी कि आमा सानी यती प्यारी अाइ. उत झन मलाई आफ्नै छोरी जस्तो गर्थी गाली गरी गरी खुवाउथि पानी खानु भयन हो आज बिहान् ? बिहानै उठ्ने बित्तिकै गिलास मा पानी लियर आउथी ममी को लुगा धुन पर्र्ने भयछ उसले सम्झाउथि जुत्ता मैला भयो धोयर टिलिक्क टल्काइ दिन्थि ।

साझ तेल ततायर् तयार पार्दै आउनु तेल लगाउनु पर्छ भन्थी गर्ने सबै थिय ठुलि छोरी सीपालु उसले मसाज गर्थी सानी पनि कहाँ कम हात खुट्टा माड्न थाल्थि । ममी को लागि साडिमा बुट्टा भर्थी ब्लाउज सिलायर मलाई मख्ख पार्थी यस्तो लग्थ्यो मेरो स्वोर्ग मेरै घर मा पाय मैले नजन्माय का यि दुई छोरी मेरा लागि लक्ष्मी सरस्वोती देबी सबै बनिदिय । मेरा छोरी हरु का लागि म जे पनि गर्न सक्छु । उनिहरु को उज्जल भबिस्यको म सदै सपना देख्छु ।

उनिहरुको लक्छे लाई मैले कहिले छेकिन दिन्न उनिहरु को आत्मसम्मान म कहिले गिर्न दिन्न । स्वाभिमान मा बाच्ने अधिकार कहिले खोस्न दिन्न छोरी तिमीहरु को आत्मनिर्भर ता मेरो सपना बनेको छ आफ्नो खुट्टा मा आँफै उभिने छौ यही मामु को आशिर्वाद छ । कहिले कसैसग हात फैल्याउनु नपरोस तिमी हरु ले यही मेरो लक्छे बनेको छ । (लेखक गजुरेल हाल फ्रान्समा छिन, उनको आफ्नै मौलिक शब्दमा प्रकाशित ब्लग)