आज अली छूट्टै खुल्दुलि चल्यो मन मा ! मानिस कसरी नैतीक पतन हुन्छ होला किन मनिस ले पद र पैसा का लागी आफ्नो स्वाभिमान नैतीकता बेच्न तयार हुन्छ ? यो प्रश्न ले मलाई बेला बेला झक्झकाइ रहन्छ । मलाई पनि थाहा छ पैसा नहुँदा को पिडा कस्तो हुन्छ । तर पैसा आफ्नो सबै इज्जत स्वाभिमान बेचेर कमायो भने बाच्नु को औचित्ते के रहन्छ होला ? के ति आफ्नो आत्मासम्मान बेचेर पैसा कमाउने हरु लाई त्यो पैसा ले खुशी दिन्छ होला ।
अनी खुशी नै, नमिल्ने त्यो पैसा कमायर् ऐसो आराम मा बाच्नु को कुनै अर्थ हुन्छ र ? हरेक दिन कसैले मेरो कर्तुत थाहा पाय दुनियाँ ले मलाई थुक्ने छ भन्ने मन मा डर लियर बाच्नु लाई के भन्ने ? के त्यो जिबन पनि जिबन होर ? दुनियाँ लाई देखाउनै का लागि पैसा कमाइन्छ भने त्यस्ले मन मा सान्ती कहिले दिदैन भने त्यो पैसा को महत्वो हुन्छ र ? त्यस्तो कु कर्म को धन ले न त आफ्ना सन्तानलाई नै राम्रो सस्कार मिल्छ ।
आँफै नैतीकता बेचेको मानिस ले आफ्ना सन्तान लाई के सस्कार दिन सक्छ ? हो आज मलाई यही कुरा ले घच्घच्यायो । नैतीकता र स्वाभिमान बेचेर कमायको नाम र दाम दुबैको अस्तित्व धेरै समय टिक्दैन । मानिस ले आफ्ना सन्तानको लागि सोच्छन तर त्यही सन्तानलाई दिने असल सस्कार नै पद र पैसा का लागि बेचिरहेका छन । अनी ति सन्तान आफ्ना पुर्खा भन्दा अगी जान अझ नैतीकहिन बन्छन किन कि तिन्ले आफ्ना अभिभाबक बाट यही सस्कार. पायका हुन्छन ।
बच्चा को लागि धन सम्पत्ति होइन असल सस्कार बचाइदिदा उनिहरु ले भोली खुशी भयर बाँच्न सिक्ने छन । आफ्ना बच्चाको सुन्दर भबिस्य तपाईंले आत्मासम्मान नैतीकता इमान्दारिता स्वाभिमान बेचेर कमायको धन ले होइन तपाईंले जोगायर राख्नु भयको असल सस्कार ले उज्यालो बनाउने छ । आफ्ना सन्तानले आफु कहिले गिरेको महसुस गर्ने छैनन किन कि पैसा गुमाय पनि कमाउन सकिन्छ तर इज्जत गुमाय त्यो कहिले फर्काउन सकिन्न । आफ्नो इज्जत बचाउन हरेक सन्तान लाई सस्कार को नै, बल हुन्छ ।
असल सस्कार मा हुर्कियको बच्चा ले गलत काम गर्नु अगाडि हजारौं पटक सोच्ने छ । तर गलत सस्कार बाट हुर्केको बच्चाको लागि त्यो गलत काम गर्न सामान्य लाग्छ । अहिले मैले समाज मा देख्छु गाजा रक्सी खाने र आफ्ना घर को श्रीमती सग चिटिङ गरेर बाहिरी महिला हरु सग रात बिताउन खुशी हुने पुरुष अनी आफ्नो श्रीमान लाई चिटिङ गरेर अर्काका श्रीमान सग अनैतीक सम्वन्ध मा रहने महिला के त्यस्तो खाल्का बातावरण मा हुर्कियका बच्चा ले सहिबाटो लियर अगाडि बढ्न. सक्लान त ? के अब को समाज यही स्थिती मा हिड्दै गय यसरी नै चल्दै गय विश्वाश कस्ले कस्लाई गर्ने ? यसरी नै, यही तरिका ले यदी समाज निरन्तर चल्दै गयो भने विश्वाश भन्ने शब्द त रहला तर यस्को प्रयोग को अन्त हुने पक्का छ ।
परिवार को यकता को कडि विश्वाश लाई नै, हामीले मारिदिन्छौ भने त्यो परिवार मा खुशी कहिले आउँदैन अनी खुशी बिनाको त्यो धन को कुनै अर्थ हुँदैन । सम्पत्ति ले बिलासिता का सामान त किन्न सक्ला तर माया प्रेम आत्मियता र विश्वाश कहिले किन्न सक्दैन । यो सबै पाउने असल सस्कार बाट हो त्यसैले यदी हामीले आफ्नो सन्तानको सुन्दर भबिस्यको कल्पना गर्छौ भने उनिहरु लाई असल सस्कार दिउ यस्मै उनिहरु को खुशी को समुन्द्र हुन्छ त्यो खुशी कहिले सकिन्न जो उनिहरु ले अर्को पुस्ता का लागि पनि हस्तान्तरन गर्न पाउने छन ।
मानिस को जिबन मा आउने बिश्वासघाति सम्बन्ध हरु नै बिक्रिती हुन । समाज आफ्नो घर आफ्नो बच्चा बिक्रिती रहित बनाउन पहिला तपाईं आफु बिस्वासिलो बन्नु पर्छ । बिलासिता ले मानिस लाई बिक्रिती तिर धकेल्छ । आफु ले बिलासिता लाई प्रयोग नगरेर मानिस लाई बिलासिता ले प्रयोग गरिदिदा उ आँफै यस्तो खाडल मा पुग्छ जहाँ कहिले खुशी को प्रबेश नै हुँदैन मानिस को सबै भन्दा ठुलो मन हो जब सम्म आफ्नो मन लाई आफुले कन्ट्रो ल गर्न सक्छ त्यो बेला सम्म मानिस मानब रहन्छ जब बिलासिता ले मन लाई आफ्नो कन्ट्रोल बाट बाहिर लान थाल्छ मानिस राछेस बन्छ यो आउनु को कारण नै उसले पायको गलत सस्कार हुन्छ ।
सहि सस्कार बाट अगाडि गयको मानिस ले मात्र देश समाज र परिवार सबै तिर विश्वाश कमाउन सक्छ । सहिबाटो देखाउने सहि सस्कार पायको मानिस सदै खुशी हुन सक्छ । सहि सस्कार जिबन मा सबै भन्दा महत्वोपूर्ण कुरा रहेछ ।