ओखलढुंगा । सिद्विचरण नगरपालिकाकाे आयाेजना, सगरमाथा जनता माध्यमिक बिद्यालयकाे संयाेजन तथा व्यवस्थापनमा भएकाे चाैथाे नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको समापन भएको छ ।
सिद्विचरण नगरपालिका वडा नं १२ काे खेल मैदानमा भएको प्रतियोगितामा रुम्जाटार माबि रुम्जाटार प्रथम, सगरमाथा जनता माबि दाेस्राे र लालिगुरास ईङलिस बोडिङ्ग स्कुल तेस्राे भएका छन । नगरपालिका भित्रका १८ वटा बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
आजकाे समापन कार्यक्रम सिद्विचरण नगरपालिकाका नगर प्रमुख मेयर तेजन खनाल, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापति माननीय रामहरी खतिवडा,उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख प्रशासकिय अधिकृत निलकष्ठ बिश्वकर्मा, निवर्तमान नगरप्रमुख माेहन कुमार श्रेष्ठ लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि खतिवडाले खेलमा सहभागी खेलाडी बिद्यार्थीहरुलाई शुभकामना दिदै खेलका माध्यमबाट जिल्ला र देशलाई चिनाउन आग्रह गरे । नगर प्रमुख मेयर खनालले खेललाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।