फ्रान्सबाट शोभा गजुरेलको ब्लग म सासु कहिले बन्न नपरोस

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग म सासु कहिले बन्न नपरोस

 

मेरो सपना बाँकी रहे पुरा गर्ने तिमी छौ मेरा हिर्दयको बिच मा सदै बसेका छौ । स्वाभिमानी नैतीकवान मात्र बनेर हुन्न ।
तिमी दुई स्वभलम्बी आत्मनिर्भर बन्नु पर्छ । मेरा दुई (बुहारि ) होइन तिमी दुई मेरा छोरी हुनु पर्छ ।

म माया गर्छु तिमीलाई यस्को मत्लब यो होइन मैले गाली गरेको किन त्यो तिमीले बुझ्न पर्छ । तिमी मेरा मुटुका धड्कन सदै यस्तै बन्नु है आफ्नो मामुको सपना पनि सदै सम्झनु है ! मेरो मुटुमा छौ सदै यही बस्नु है मेरा दुई राजा छोरा का राजकुमारि हरु
तिमीहरु मेरो लागि संसारकै सबै भन्दा राम्रा छौ ।

यो तिमीहरु को रुप कहिले पनि नबदल्नु, ल ! तिमी दुई लक्ष्मी पार्वती सरस्वोती भन्दा मेरा लागि माथि छौ । सदै पूजा गर्छु म तिमी दुइलाई मन भित्र राखि ! सदैभरि माया गर्छु तिमी दुई लाई सबै अधिकार दी राखि । मेरा प्यारा मान्छे तिमी दुई लाई कसैले रोक्न सक्ने छैन । तिमी दुई हिंड्ने लक्छे को बाटो कसैलाई रोक्न दिने छैन । म सदै छु तिमी हरु पछाडि नडराइ हिंड्नु ल ! कहिले हरेस नखानु है अप्ट्यारो परे ममी पछाडि छ ।सदै मामु लाई सम्झनु ल ! यि मुटु भित्र बसेका मेरा दुई नातालाई मैले अर्कै नाता दिन किन वाध्य भय त्यो कुरा पनि यहाँ बरण् गर्नु पर्ने हुन्छ ।

मैले उनिहरु लाई दान मागेको थीइन मात्र मेरा छोरा हरु को लागि जिबन साथि को रुप मा मात्र मेरो घर मा ल्याउन । उनिहरु को अभिभाबक सग मागेकी थिय । उनिहरु दुबै. लाई मैले विवाह अगाडि नै, भनेकी थिय यदी तिमीहरु आफ्नो बुवालाई मनाउन सक्छौ भने दान भयर होइन मेरो छोरा हरु को जिबन साथी बनेर मात्रै आउ है ! यो समाज अनी समाज मा भयका कुरिती को बिरुद्द बोल्ने आट उनिहरु ले गर्न सकेनन या त बुवा हरु ले यो कुरालाई आफ्नो धर्म सस्कार छोड्नु नहुने, सोची दान दिनु भयो त्यो मैले जान्न चाहिन तर एउटा कुरा चाँही म उहाहरुका लागि भन्न चाहन्छु प्रश्न गर्छु ।

यि तपाइकै रगत हुन र रहिरहने छन । मैले यिन्लाई गर्ने माया यिनिहरु ले मलाई गर्ने व्यबहारमा निर्भर थियो । त्यो व्यबहार त्यो सस्कार हजुर हरु ले दिनु भयको त्यसैले त आज उनिहरु संसारकै सबै भन्दा ज्ञानी प्यारा दयालु त्यो भन्दा पनि माथि नैतीकवान स्वाभिमानी र सस्कारि बन्न सके । यती धेरै कुरा हरु दियर पनि किन तपाईंले तपाईंका छोरी लाई छोरा सरह ठान्न सक्नु भयन ? किन यिनलाई छोरा सरह त्यो घर मा अधिकार दिन सक्नु भयन ? यो मेरो प्रश्न मेरा (बुहारी )छोरी लाई पनि मन पर्दैन तर म उनिहरु को लागि बोल्दै छु ।

किन कि मेरा यि दुई (बुहारी )छोरी ले हरेक त्यो अधिकार पाउनु पर्छ यो यिनिहरु को अधिकार हो किन कि उनिहरु ले कर्तब्य निभायका, थिय । यो समाज मा यहाँ मलिक हुन सम्पत्ति को अधिकार चाहिन्छ तर मैले मेरा (बुहारी )छोरी लाई तपाईंहरु को सम्पत्ति कहिले मागिन विवाह मा पनि मैले भनेको थिय । मलाई मात्रै छोरी त्यो पनि मेरा छोराको लागि जिबन साथी मात्र दिनुस् उनिहरु को अधिकार सुरक्छित राखिदिनुस् । मैले यहाँ सम्पत्ति को कुरालाई लियर लेख्न खोजेको होइन तपाईंहरु को सस्कार अनी उनिहरु ले पायको सिक्छ्या तपाईं हरु को सम्पत्ति भन्दा धेरै गुण माथि छ ।

त्यही बाट उनिहरु ले धेरै सम्पत्ति कमाउने छन आत्मनिर्भर बन्न सक्ने उनिहरु मा अपार ज्ञान छ तर पनि मलाई यौटै कुरा मन परेन मेरा छोरी हरु ले पाउने अधिकार पाउनु पर्छ यो उनिहरु को नैसर्गिक अधिकार हुन्छ । म मेरा छोरी लाई त्यो अधिकार अबस्य दिने यही बाट प्रण गर्छु । म सग धेरै सम्पत्ति त छैन जो छ त्यो मेरा २ छोरा र २ (बुहारी ) छोरी ले बराबर पाउने छन मैले मेरा छोरा को लागि जुन अधिकार दिन्छु त्यो अधिकार मेरा (बुहारी ) छोरी ले पनि पाउने छन त्यो माया इज्जत सम्पत्ति जे म सग छ त्यो ४ जना कै लागि बराबर हुने छ ।

मेरा छोरी पैतिक सम्पत्ति बाट बन्चित हुन पाउने छैनन । जे मेरो हो त्यो मेरा ४ को हो यस्मा4 कै अधिकार हुने छ । मेरा छोरी लाई म सम्पत्ति बिहिन हुन दिने छैन यो यौटी आमा को बाधा छ । तिमीहरु कहिले नहार्नु है छोरी तिमीहरु कि मामु सदै सदै तिमीहरु लाई काध दिन तयार छ । म तिमीहरु को लागि जे गर्न सक्छु त्यो सबै गर्ने छु । मैले नजन्माय पनि मेरो अन्तिम सस्कार मैले जन्मायका छोरा हरु बराबर गर्नु ल ! त्यो बेलामा म तिमीहरु साथ रहने छैन तर पनि तिमीहरु ले त्यो अधिकार माग्न नडराउनु ल ! मैले कन्यादान को बिरुद्द मेरो आफ्नो परिवार मा त लड्दै आयको छु छोरीहरु तर तिम्रो बुवा हरु सग मैले लड्ने अधिकार छैन ।

समग्र समाज सग म यस्का बिरुद्द लड्ने छु । मेरा छोरी ले पनि मेरो चिता मा आगो लगाउन म अधिकार दिन्छु ! तिमीहरु ले त्यो बेला मलाई अन्तिम स्रदान्जली दिदा म प्रफुक्ल हुने छु मेरा छोरी को जित सम्झने छु र अन्तिम यात्रा हिड्दै गर्दा तिमीहरु लाई आशिर्वाद र धेरै सम्मान यो समाज ले दिनु पर्ने छ छोरा समान अधिकार तिमीले हसिल गरेको दिन त्यो दिन बन्ने छ मेरा छोरी तिमीहरु को माया ले आज म यो सबै भन्न सक्ने अधिकार प्राप्त गरेकी भाग्यमानी (सासु ) तिमीहरु कि मामु सदै सदै तिमीहरु को साथ हुने पक्का छ । अगाडि बढ्नु ल । (लेखक गजुरेल हाल फ्रान्समा छिन, उनकै मौलिक शब्दमा प्रकाशित ब्लग)