तपाईंले ठीक भन्नु भयो म मोडन सासु बने म मेरो छोरा ले भान्सा मा भाडा माझ्दै गर्दा मेरी बुहारी ले कम्प्युटर मा काम गरिरहदा हजुर मलाई यक कप कफी मिल्ला भनी उनले अडर् गर्दा मेरो छोरो भाडा माझ्न छोडि कफी बनाउन जादा उनले भनेको कुरा मान्दा खुशी हुने आमा सासु हुँ ।
उसको त्यो श्रीमती लाई आदर गर्ने काम सगाउने सस्कार ले म सदै आफूलाई सम्मानित भयको ठान्छु । मेरो छोरो नैतीकवान छ म खुशी हुन्छु हो म आधुनिक मामु हुँ मेरी बुहारी काम मा सदै लगन्सिल भयर अगाडि बढेको हेर्न चाहन्छु । उन को प्रगती मा रमाउने म आधुनिक सासु बन्न चाहन्छु । मेरी बुहारी ले गाडी चलाउदा मेरो छोरो ले आफ्नो बच्चाको डाइपर फेर्दै गर्दा मलाई कहिले बुहारी सग गुनासो हुँदैन ।
मेरो छोरा ले आफ्नो बच्चा लाई त्यती माया गर्दा मेरो सिर गर्ब ले उच्च हुन्छ मेरो बाबु तिमीले पायको सस्कार मैले दियको भन्दा पनि बढी छ तिमी यती दयालु स्वभलम्बी स्वाभिमानी भयछौ मेरो नजर ले तिमीलाई एउटा जिम्मेवार बुवा बनेको ठानी भित्र भित्रै आफुलाई भाग्यमानी आमा को तक्मा दिन थाल्छ ।
हो म आधुनिक आमा हुँ मलाई मेरो छोराले श्रीमती लाई घुमाउन लियर हिंडेको मन पर्छ । उसलाई माया गरेर अगालो मा बेरेको मन पराउने म आधुनिक सासु हुँ मेरी बुहारी मेरो छोरा सग हिड्दा उसले लगाउने लुगा हरु मेरी बुहारी लाई मन पर्ने हुनु पर्छ मलाई त्यो झन धेरै मन पर्छ । मेरो सानो छोरा ले भाउजु लाई आदर सम्मान मलाई जतिकै गरोश् माया पनि एउटा भाई बनेर गरोश् यो मलाई झन मन पर्छ ।
मेरो ठुलो छोराले भाई कि श्रीमती लाई बहिनी को माया सम्मान दियको मलाई अझ मन पर्छ दुई दिदी बहिनी बनुन देउरानी जेठानी अनी मेरो गल्ती कम्जोरी भय मलाई मिलेर भनुन त्यो मलाई झन धेरै मन पर्छ । म मेरो छोरा ले मेरी बुहारी लाई स्वोतन्त्र भयर बाँच्न दियको असाध्य मन पराउने म आधुनिक आमा अनी सासु हुँ । छोरा ले मेरो बुहारी बाहेक अर्को केटी लाई राम्री भन्यो भने मेरो हात ले उसको गालामा झापड् हान्ने अधिकारि मलाई छ त्यसैले म आधुनिक सासु बने ।
मेरो छोरो साथी भाई सग बराललियर हिड्यो भने उसको त्यो खुशी लाई मैले रोक्नु पर्छ हो त्यो अधिकार मलाई छ त्यसैले म आधुनिक आमा बन्न रुचाउने ।छोराले बुहारी लाई बिना कारण उनको इज्जत स्वाभिमान नैतीकता गिर्ने कुरा मात्रै गर्यो भने उनलाई होच्यायर बोल्यो भने उसलाई मैले सजाय दिने अधिकार मलाई छ त्यसैले म आधुनिक आमा बने । आफ्नो बच्चा आफ्नो सन्तानलाई सहिबाटो हिंड्न सिकाउदा मलाई कहिले पनि आफ्नो स्वाभिमान घटेको महसुस हुँदैन तपाईंलाई थाहा छ ति बुहारी ले मलाई कती इज्जत सम्मान र माया दिन्छिन उनी त सस्कार को मुल बाट आयकी यौटी सक्छेम केटी हुन म सग भन्दा उनिसग धेरै ज्ञान को भण्डार छ केही गरेर देखाउछु भन्ने एउटा जोस र जागर छ मेरो छोरो अनी मलाई माया गर्ने त्यो परिवार लाई आफ्नो ठान्ने उनी सग छूट्टै अत्भुत सक्तिसाली देबी सरस्वोती अनी लक्ष्मी को रुप छ ।
त्यो उनको बिचार भाबना अनी अगाडि बढ्ने त्यो चाहना लाई मेरो छोरा र मैले कहिले रोक्नु हुन्न सक्दो उनलाई मद्दत् गरे उनले मलाई कहिले पनि बिद्दासम जान भन्दिनन मेरो छोरा लाई मैले यो सब गर्न भने मेरो बुढेस्काल मा उसले मेरो सेवा गर्न कहिले पछी हट्दैन । हो म यक स्वार्थी आमा हुला तपाईंहरु को नजर्मा तर मेरो यो स्वार्थ ले मेरो छोरो नैतीकवान हुन्छ स्वाभिमानी बन्छ परिवार को खुशी मा रमाउन सक्ने एउटा समाज को उदाहरण निय ब्यक्ती बन्छ । आफ्नो परिवार लाई माया गर्ने एउटा असल अभिभाबक बन्छ ।
त्यसैले म आधुनिक सासु र आधुनिक आमा बन्छु यही बनिरहने मेरो सदै अठोट छ । हो मैले पनि सानो उदा उनिहरु लाई आफ्नै हातले भात् खुवाउथे १३ बर्ष को हुँदा सम्म उनिहरुलाई नुहायर हरेक हप्ता तेल ले मालिस गर्थे उनिहरुका हरेक इच्छा पुर्याउन बिदेसियकी म यौटी साच्चै स्वार्थी आधुनिक आमा हुँ तपाईं हरु ले जस्तो अब म मेरा छोरा हरु लाई पुल्पुल्याउदिन । उनिहरु को खुशी अब मेरा बुहारी सग जोडीनु पर्छ मेरा नाती नातिनी अनी मलाई खुशी राख्नु पर्छ अनी मात्रै मेरो सस्कार सफल भयको ठान्छु म ।